निष्पक्ष र स्वतन्त्र व्यवसायिक रुपमा काम गर्न सरकारी वकीलहरुलाई प्रधानमन्त्री देउवाको आग्रह


८ पुष २०७९, शुक्रबार १८:५४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले निष्पक्ष र स्वतन्त्र व्यवसायिक रुपमा काम गर्न सरकारी वकीलहरुलाई आग्रह गर्नुभएको छ ।

महान्यायाधिवक्ता कार्यालयले शुक्रबार काठमाडौंमा आयोजना गरेको सरकारी वकीलहरुको चौथौ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले संविधान र कानूनबमोजिम गर्नुपर्ने कामहरु कुनै दवाव र प्रभावमा नपरी निष्पक्ष र स्वतन्त्र व्यवसायिक रुपमा गर्न आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले सरकारी वकीलहरुले सरकारको कामको प्रतिरक्षा गर्ने भएकाले आफूलाई थप जिम्मेवाररुपमा तयार गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले अपराध संहितालगायतका नयाँ फौजदारी कानूनको प्रभावकारी कार्यान्वयनका साथै नागरिकको अधिकारको संरक्षण गरी कानूनी सुनिश्चितता फौजदारी न्यायमा प्रभावकारिता अभिवृद्धि गराउने कार्यमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले फौजदारी न्यायप्रशासनको अभिन्न स्तम्भको रुपमा रहेको महान्यायाधिवक्ता कार्यालय, मुलुकमा बिधिको शासनको प्रवद्र्धन र फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउने महत्वपूणर् निकाय भएको धारणा राख्नुभयो ।

त्यस्तै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले फौजदारी न्यायको प्रभावकारीताका लागि अनुसन्धान र अभियोजन बस्तुनिष्ट र बैज्ञानिक हुन आवश्यक रहेको भन्दै यसमा बिशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले फौजदारी न्यायमा हुने आशंकाहरुलाई दुर गर्नका लागि पनि अनुसन्धान र अभियोजनकर्ताबीचको आपसी सहयोग र सम्वन्य आवश्यक हुनुपर्र्ने उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here