सङ्घीय संसद् सचिवालय दलहरुको संसदीय दलको कार्यालय व्यवस्थापनमा जुट्यो


१८ मंसिर २०७९, आईतवार १५:१५ मा प्रकाशित

झापा । सङ्घीय संसद् सचिवालय दलहरुको संसदीय दलको कार्यालय व्यवस्थापनमा जुटेको छ ।
प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा रहेका बेला संसद सचिवालय दलको सङ्ख्या आकलन गरी आवश्यक तयारीमा जुटेको हो । कम्तीमा दुई सांसद रहेको दलले संसदीय दल खोल्न कानुनी प्रावधान रहेकाले उनीहरुको दल गठन भएपछि सञ्चालनका लागि कार्यालय र स्थान उपलब्ध गराउने गृहकार्य भइरहेको संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले बताउनुभयो ।

उहाले सकभर सिंहदरबारमा नै संसदीय दलको कार्यालयको व्यवस्थापन गर्ने र ठाँउ अभाव भए संसद भवन नयाँ बानेश्वरमा समेत केहि दलको कार्यालय स्थापना गर्ने गरि तयारी भइरहेको उहाले बताउनुभयो ।

त्यस्तै प्रवक्ता पाण्डले संसद बैठकको तयारीका लागि बानेश्वरस्थीत संसद भवनका पूर्वाधार, स्वास्थ्य मापदण्ड लगाएतका बिषयमा आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो । सङ्घीय संसद्को सिंहदरबारस्थित नयाँ भवन निर्माण कार्य पूरा हुन अझै तीन बर्ष लाग्ने देखिएकाले संसदको नयाँ अधिवेशन बानेश्वरमा नै हुने उहाले बताउनुभयो ।

निर्वाचनको अन्तिम परिणाम आएको ३० दिन भित्र संसदको अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here