नेत्र पाठकको स्मृतिमा स्थापित लेखनवृत्ति पुरस्कारबाट पत्रकार रमा भण्डारी सम्मानित


३१ श्रावण २०८२, शुक्रबार १७:४२ मा प्रकाशित

झापा । पत्रकार रमा भण्डारी झापाका अग्रज पत्रकार नेत्र पाठकको स्मृतिमा स्थापित लेखनवृत्ति पुरस्कारबाट सम्मानित हुनु भएको छ ।

प्रेस चौतारी झापाले आज एक समारोहको आयोजना गरी उक्त लेखनवृत्ति पुरस्कार प्रदान गरेको हो । पुरस्कृत पत्रकार भण्डारी कान्तिपुर टेलिभिजनकी झापा समाचारदाता हुनुहुन्छ ।

विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईले लेखनवृत्तिको सम्मानपत्र हस्तान्तरण गर्दै पुरस्कारले अग्रज पत्रकार नेत्र पाठकको स्मृतिलाई ताजा बनाउनुका साथै प्रतिभाशाली पत्रकारलाई सम्मानित गरेको बताउनुभयो ।

प्रेस चौतारी झापाले सोही समारोहमा नारी सञ्चार गृहका नवनिर्वाचित कार्य समितिलाई स्वागत सम्मान गर्नुका साथै तीजको अवसरमा पत्रकार महिलाहरुलाई दर समेत खुवाएको थियो ।

चौतारीका झापा अध्यक्ष प्रदिप परियारको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य गणेश पोखरेल, प्रेस चौतारी नेपालका कोशी प्रदेश सहइञ्चार्ज गोपाल काफ्ले, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, चौतारीका केन्द्रीय सदस्य सावित्रा दाहाल, पूर्व केन्द्रीय सदस्य भीमा शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here