काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले हतारमा कुनैपनि विधेयक अघि बढाइनु नहुने बताउनुभएको छ ।
सिंहदरबारमा शुक्रवार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हतारमा काम गर्दा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले राजीनामा दिनुभएको स्मरण गर्दै कुनै काम हतारमा गरेर पछुताउनु नहुने बताउनु भयो ।
विधेयकहरु राम्रोसँग बुझेर मात्रै अघि बढाउनुपर्ने उहाँको भनाइ छ । हतारमा काम गर्दा संसदका सबै सांसदहरु बेकुफ भएको घटना ताजै रहेको उहाँको भनाइ छ ।
सांसद कार्कीले सदनमा र समितिमा छलफल राम्रोसँग गरेर मात्रै विधेयकहरु अघि बढाउनु उचित हुने सुझाव दिनुभयो ।






