सरकार गठनमा सबै विकल्प खुला राख्ने माओवादी केन्द्रको निर्णय


१७ मंसिर २०७९, शनिबार १८:५९ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनका सम्बन्धमा सबै विकल्पहरूलाई खुला राख्ने भएको छ । 

आज बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा चुनावी समीक्षा गरिनुका साथै नयाँ सरकार गठनका सम्बन्धमा सबै विकल्पलाई खुला राख्ने निर्णय भएको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले बताउनुभयो ।

उपाध्यक्ष महराले आजको बैठकमा नयाँ सरकार गठनका सम्बन्धमा सबै विकल्प खुला राख्ने निर्णय भएपनि वर्तमान गठबन्धन छोड्ने भन्ने विषयमा भने कुनै निर्णय नभएको बताउनुभयो । 

नेकपा एमालेसँग पनि मिलेर सरकार बनाउने विकल्प खुल्ला राखिएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उपाध्यक्ष महराले सबै विकल्प खुल्ला रहेको तर पुरानो गठबन्धनलाई छोड्ने निर्णय भने नभएको स्पष्ट पार्नुभयो ।

आजको बैठकमा चुनावी नतिजाबारे प्रारम्भिक छलफल भएपनि त्यस सम्बन्धमा सम्पूर्ण नतिजा आइसकेपछि थप छलफल र समीक्षा हुने पनि उहाँले बताउनुभयो । 

पार्टी पदाधिकारी बैठकमा सङ्घतर्फ आशा गरे अनुसारको पार्टीले परिणाम ल्याउन नसके पनि प्रदेशतर्फ भने सन्तोषजनक रहेको छलफलका क्रममा नेताहरूले धारणा राख्नुभएको नेकपा माओवादी केन्द्रले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here