लुम्बिनी प्रदेश यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश


१७ मंसिर २०७९, शनिबार १६:५३ मा प्रकाशित

झापा । साविक विजेता लुम्बिनी प्रदेश काठमाडौंमा जारी यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा मधेश प्रदेशलाई ५८ रनले पराजित गर्दै लुम्बिनी फाइनल पुगेको हो ।लुम्बिनीले दिएको २ सय २३ को लक्ष्य पछ्याएको मधेश ४५.४ ओभरमा १ सय ६४ रनमा अलआउट भयो । मधेशका लागि मयन यादवले ४५ बलमा ३८ रन बनाए ।

सरफराज मन्सुरले ३१ रन बनाए । अलि अन्सारीले २२ तथा डब्लु मल्लिकले १८ रन बनाए । लुम्बिनीका लागि अभिसेक गौतमले ३ र विशाल बिक्रम केसीले समान ३÷३ विकेट लिए । तुल बहादुर थापा, दुर्गेश गुप्ता र निर्मल गुरुङले समान १÷१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २२ रन बनाउन सक्यो ।  जितसँगै लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुगेको छ । अब सोमबार हुने फाइनलमा लुम्बिनीले सुदुरपश्चिम प्रदेशको सामना गर्नेछ ।

प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here