यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशको पहिलो जित


१६ मंसिर २०७९, शुक्रबार १६:५० मा प्रकाशित

झापा । काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले पहिलो जित हात पारेको छ ।

पाँचौं खेलमा पहिलो जित हात पार्ने क्रममा मधेशले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको हो । टियु क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले लिएको २ सय १४ रनको लक्ष्य मधेशले ४८.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । मधेशको जितमा मयन यादवले ७४ बलमा ४९ तथा मेघ राज रामले ४३ रन बनाए । गण्डकीका लागि शिसिर भुषाल,निर्तिस गिरी,करन पंगेनी र अर्जुन कुमालले समान १÷१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ४८.५ ओभरमा अलआउट हुदै २ सय १३ रन बनायो । गण्डकीका लागि गोविन्द विकले ८४ बलमा ५३ रनको अर्धशतकीय ईनिङ खेले । सुजन गौतमले ३० रन जोड्दा सुदिप अर्यालले २७ रन जोडे ।

मधेशका लागि नितिश यादव,साइमन राय,अबिशेक तिवारी र अविजित मण्डलले समान २÷२ तथा निकेश गुप्ताले १ विकेट लिए । ६ खेलमा १ जित ५ हारका साथ अंक तालिकामा गण्डकी पाचौं स्थानमा रहेर प्रतियोगिता सकेको छ । मधेश भने ५ खेलमा २ अंकका साथ पुछारमा रहेको छ ।

त्यस्तै प्रतियोगितामा सुदुरपश्चिम प्रदेश अपराजित रहदै फाईनल पुगेको छ । समूह चरणको अन्तिम खेलमा सुदुरपश्चिमले बागमती प्रदेशलाई ७ विकेटले पराजित गरि अपराजित यात्रा कायमै राखेको हो । मुलपानी क्रिकेट मैदानमा खराब मौसमका कारण केहि ढिला सुरु भएको खेल ४५ ओभरमा छोट्टयाईएको थियो ।

बागमतीले जितका लागि दिएको १ सय २५ रनको लक्ष्य सुदुरपश्चिमल १९.१ ओभरमा पुरा गरेको हो ।

त्यसअघि पहिले ब्याटिङ गरेको बागमती २८.४ ओभरमा अलआउट हुदै १ सय २४ रन बनाएको हो । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here