वर्तमान निर्वाचन कानूनसंग निर्वाचन आयोग असन्तुष्ट


१६ मंसिर २०७९, शुक्रबार १६:३९ मा प्रकाशित

झापा । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वर्तमान निर्वाचन कानूनसंग सन्तुष्ट नरहेको बताउनुभएको छ ।

जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले शुक्रबार आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा थपलियाले अव नयाँ कानूनद्वारा निर्वाचनको व्यवस्थापन गर्ने तयारीमा आयोग जुटेको समेत बताउनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभा सम्बन्धी कानून एकै ठाउमा राखेर बनाउने उहाको भनाई छ । उहाले स्थानीय निर्वाचनको अनुभवलाई मध्यनजर गर्दै अहिलेको निर्वाचनमा प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा नै अनुगमन समिति बनाइएको र प्रभावकारी पाइएको दावी गर्नुभयो ।

नेपालमा अहिलेको निर्वाचनले दलहरु र उम्मेदवारमा उच्च राजनीतिक संस्कार बिकास भएको र यसलाई आगामी दिनमा स्थापीत गर्नुपर्ने उहाले बताउनुभयो ।

थपलियाले निर्वाचनमा राजनीतिक दलहरु समावेशीको मुद्धामा भने कमजोर देखिएको र आगामी दिनमा समावेशीताको बिषयलाई ध्यान दिन आवश्यक रहेको जिकिर गर्नुभयो ।
उहाले निर्वाचन आयोगको नेतृत्वमा निर्वाचन भएपनि सवै सरोकारवालाहरुको सहयोगमा नै निर्वाचन सफलताका साथ सम्पन्न भएको उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here