नेपाल होटल अवार्ड २०२२ आगामी पुष ४ गते काठमाडौंमा हुने


१६ मंसिर २०७९, शुक्रबार १६:५८ मा प्रकाशित

झापा । नेपाल होटल अवार्ड २०२२ आगामी पुष ४ गते काठमाडौंमा हुने भएको छ ।

कोरोनाका कारण नेपालको होटल उद्योगमा परेको नकारात्मक प्रभावलाई काम गर्नका लागि खुल्ला नोमिनेशन र गोप्य तथा आधुनिक मूल्याङ्कन प्रक्रियाबाट होटल अवार्ड आयोजना गर्न लागिएको आयोजक रेन्डरबुकिङले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

अवार्डमा बिभिन्न १५ विधा रहने आयोजक रेन्डरबुकिङका प्रमुख कार्यकारी अधिकृत नवराज धितालले जानकारी दिनुभयो । उहाले अवार्डका क्रममा गरिने होटलको मूल्याङ्कन र जानकारी पनि गोप्य रहने बताउनुभयो ।

पत्रकार सम्मेलनमा महानायक राजेश हमालले नेपालका होटलको गुणस्तरका बारेमा प्रश्न उठ्ने गरेकोमा यस अवार्डले होटलको वास्तविक मूल्याङ्कन हुने अपेक्षा राख्नुभयो ।

रेन्डरबुकिङले अवार्डको पारदर्शीतामा कुनै प्रश्न उठ्न नदिने समेत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here