विश्वकप फुटबलः फ्रान्सले डेनमार्कलाई २–१ गोलले हरायो


११ मंसिर २०७९, आईतवार ०७:५४ मा प्रकाशित

काठमाण्डाै । विश्व कप फुटबल अन्तर्गत गएराति भएकाे समूह ‘डी’ को खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोलले हराएको छ ।

जितसँगै फ्रान्स अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली समेत बनेको छ । फ्रान्सको जितमा फरवार्ड किलीयन एम्बाप्पेले दुई गोल गरे ।

उनले खेलको ६१ औँ र ८६ औँ मिनेटमा गोल गरे । ६८ औँ मिनेटमा डेनमार्कमा आन्द्रेस क्रिस्टेन्सनले गोल गरे पनि जितका लागि पर्याप्त भएन ।

विश्व कप फुटबल अन्तर्गत हिजै भएकाे दाेस्राे खेलमा पाेल्यान्डले साउदी अरेबियालाई हराएकाे छ । पाेल्यान्डले साउदी अरेबियालाई २–० गाेलले हराएकाे हाे ।

यस्तै, कतारको लुसेल मैदानमा भएको खेलमा अर्जेन्टिनाले मेक्सिकाेलाई २–० गाेलले हराएकाे छ भने हिजो भएको पहिलो खेलमा समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ । अस्ट्रेलियाले ट्युनिसियालाई १–० गाेलले पराजित गरेकाे हाे । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here