क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च


४ माघ २०८१, शुक्रबार १२:३८ मा प्रकाशित


काठमाडौं । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि नियन्त्रकहरूले डढेलोहरूसँग लड्न जारी राखेका छन् । अमेरिकी राष्ट्रिय मौसम सेवाले लस एन्जलस क्षेत्रमा लागेको भीषण डढेलोले कम्तिमा २५ जनाको मृत्यु भएको बताएको छ ।

१२ हजार ३ सय भन्दा बढी संरचनाहरू नष्ट गरेको छ । स्थानीय अधिकारीहरूले डढेलोसँग सम्बन्धित कम्तिमा २६ जना अझै पनि बेपत्ता छन् । क्यालिफोर्नियाको वन तथा अग्नि सुरक्षा विभाग (क्याल फायर) काअनुसार बुधबार बिहानसम्म दुई प्रमुख जङ्गली आगो, इटन र प्यालिसेड्स क्रमशः ४५ प्रतिशत र १९ प्रतिशत मात्र नियन्त्रणमा आएका थिए ।

गत हप्ता मंगलवार साँझ लागेको घातक इटन आगलागीले अल्टाडेना र पासाडेना नजिकै १४ हजार ११७ एकड (५७.१ वर्ग किलोमिटर) जमिन जलाएको छ । लस एन्जलस क्षेत्रको सबैभन्दा ठूलो सक्रिय जङ्गली आगो, प्यालिसेड्स आगलागीले एक हप्तामा २३ हजार ७१३ एकड (९५.९६ वर्ग किलोमिटर) जलाइसकेको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here