काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून निर्माण काम रोक्नका लागि नभइ काम गर्नका लागि बनाउनुपर्ने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सरकारले काम गर्नका लागि अध्यादेश ल्याएको बताउनु भयो ।
उहाँले कतिपयले यसको बिरोध गर्न खोजिरहेको भन्दै १५/२० दिनमा संसदमा पेश भएर दुई महिनाभित्र कानूनको रुप लिइसक्ने बताउनु भयो । उहाँले दुई महिनासम्म देशका कामहरु रोकेर राख्न नमिल्ने बताउनु भयो ।
उहाँले एउटा देशका लागि दुई महिनाको समय धेरै नै महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले विकासका काम अघि बढाउने र जनतको सेवा गर्ने व्यवसायमैत्री सकारात्मक कानूनहरुको निर्माण जरुरी रहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले नेपाली जनतालाई अब गरिब छोडिरहन नसक्ने बताउनु भयो । उहाँले आत्मविश्वासका साथ अघि बढे गरिबी निवारण सम्भव रहेको बताउनु भयो । सम्पूर्ण जनता अधिकार सम्पन्न हुनुपर्ने र अधिकारको निर्वाध उपयोग गर्न पाउनुपर्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले अधिकारको उपयोगको नाममा सभ्य समाजलाई पाच्य नहुने कुरा बोल्न नहुने बताउनु भयो । उहाँले उर्जाको प्रयोग नबढाइ नहुने बताउनु भयो । नेपालसँग १ लाख २० हजार मेगावाट भन्दा बढी उर्जा क्षमताको भरपुर प्रयोग गर्नुपर्ने बताउनु भयो ।