विश्वकप फुटबल: अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले हरायो


११ मंसिर २०७९, आईतवार ०७:०३ मा प्रकाशित

काठमाण्डौ । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ अन्तर्गतको आज भएको खेलमा अर्जेन्टिना विजयी भएको छ ।

अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो । 

समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेशका लागि आजको खेल जित्नुपर्ने बाध्यता थियो ।

जितसँगै अर्जेन्टिनाले ३ अङ्क जोड्दै समूहमा दोस्रो स्थानमा उक्लिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here