झापा ४ मा एमालेका लालप्रसाद साँवा विजयी


८ मंसिर २०७९, बिहीबार १३:०१ मा प्रकाशित

झापा । झापाको निर्वाचन क्षेत्र नं.४ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका लालप्रसाद साँवा निर्वाचित भएका छन् ।

एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य समेत रहेका निवर्तमान सांसद साँवाले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेस झापाका सभापति समेत रहेका देउमान थेवेलाई ६ हजार ८ सय ६७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।

एमालेका साँवाले २९ हजार ३ सय १५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका थेवेले २२ हजार ४ सय ४८ मत प्राप्त गरेका छन् ।

यसैगरी घण्टी चुनाव चिन्ह भएका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गरेका छन् ।

यद्यपी निर्वाचन आयोगले आधिकारीक रुपमा घोषणा गर्न भने बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here