चुनाव परिणामले राजनीतिमा युवाको आकर्षण देखायोः एमाले अध्यक्ष ओली


८ मंसिर २०७९, बिहीबार १६:०३ मा प्रकाशित

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार झापाको क्षेत्र नं ५ को निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित भएको प्रमाण पत्र लिनुभएको छ ।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिन र विजय उत्सवमा सहभागी हुन एमाले अध्यक्ष ओली बिहीबार झापा आइपुग्नु भएको हो ।

दिउसो १ बजे दमक नगरपालिकास्थित झापा क्षेत्र-५ को निर्वाचन अधिकृतको कार्यालयमा उहाँले विजयी भएको प्रमाण पत्र ग्रहण गर्नुभएको छ ।

प्रमाणपत्र लिएपछि बोल्दै ओलीले आफ्नो पक्षमा परिणाम ल्यान मेहेनत गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

चुनाव परिणामले राजनीतिमा युवाको आकर्षण देखाएको उहाँले बताउनुभयो ।

एमाले अध्यक्ष ओली दमक नगरपालिका क्षेत्रमा आयोजना भएको विजय जुलुसमा सहभागी हुनुभएको थियो ।

शुक्रबार कमल, गौरादह र गौरीगञ्जमा आयोजना हुने कार्यक्रममा उहाँको सहभागिता रहने पार्टीका पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here