जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित


८ मंसिर २०७९, बिहीबार ०७:५५ मा प्रकाशित

जुम्ला । जुम्लाको एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता, पार्टीका सुशासन विभाग प्रमुख तथा जुम्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ’निर्वाचित’ भएका छन् ।

जम्मा ४५ हजार २८४ मत खसेकोमा २२ हजार ८ सय १९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुवँरले ११ हजार ९ सय ५९ मत प्राप्त गरेकी छन् । कुवँर १० हजार ८ सय ६० मत अन्तरले पराजित भएकी हुन् । दोब्बर मतले शाही विजयी भएका हुन् ।

राप्रपाका ज्ञानेन्द्र बहादुर शाही पहिलो पटक संघीय संसद छिर्न लागेका हुन् । यस्तै नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका रतननाथ योगीले ६ हजार ५ सय २८ मत प्राप्त गरेका छन् भने नेपाल मजदुर किसान पार्टीका दिल्ली काफ्लेले ९५५ मत प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here