पाँचथर प्रदेश सभा ‘ख’ बाट माओवादी केन्द्रका इन्द्र आङवो विजयी


८ मंसिर २०७९, बिहीबार ०७:४४ मा प्रकाशित

पाँचथर । पाँचथरको प्रदेश सभा निर्वाचन क्षेत्र ख बाट सत्ता गठवन्धनका साझा उम्मेद्वार इन्द्रवहादुर आङबो (मौसम) विजयी हुनुभएको छ ।

प्रतिश्पर्धी एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई ३ हजार ६७ मत अन्तरले पराजित गर्दै आङबो दोस्रो पटक यस निर्वाचन क्षेत्रबाट विजयी भएका हुनु भएको हो ।

३४ हजार ७ सय १५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङबोलाई १५ हजार ६सय ७२ मत प्राप्त भएको छ । उहाँका प्रतिश्पर्धी एमालेका नेम्वाङले १२ हजार ६ सय ५ मत पाउनु भएको छ ।

पाँचथरको फिदिम नगरपालिका ११ घर भएका ४० बर्षीय आङबो २०७४ सालको आम निर्वाचनमा तत्कालिन बाम गठवन्धनका तर्फवाट यही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रहेका आङबो एक नम्वर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री पनि हुनुहुन्छ । उहाँ यस पटक माओवादी केन्द्र,नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पाटी एकिकृत समाजवादी केन्द्रका तर्फवाट साझा उम्मेद्वार हुनुहन्थ्यो ।

उप बिजेता एमालेका नेम्वाङ नेकपा एमालेका केन्द्रीय सदस्य पनि हुनुहुन्छ । उहाँ २०७० सालमा नेकपा मालेका तर्फबाट संविधान सभा सदस्यमा पनि निर्वाचित हुनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here