ताप्लेजुङ । लगातार पछि परेका नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई अन्ततः मत परिणाम आफ्नो हातमा पार्न सफल भएका छन् ।
ताप्लेजुङबाट उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार योगेशले अग्रता लिएका छन् ।
उनले नेकपा माओवादीका खेलप्रसाद बुढाक्षेत्रीलाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।