झापा २ ‘१’ बाट प्रदेश सभा सदस्यमा एमालेका कार्की फराकिलो मतान्तरले विजयी


७ मंसिर २०७९, बुधबार १४:४० मा प्रकाशित

झापा । मंसीर ४ मा भएको निर्वाचनको मतगणना चलिरहँदा झापा निर्वाचन क्षेत्र नं. २ अन्तरगत प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

नेकपा एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका प्रदेशसभा सदस्य पदका उम्मेदवार एकराज कार्कीले झापा २(१)मा निकटतम् प्रतिष्पर्धी गठबन्धन दलका पुष्पराज पोखरेललाई भारी मतान्तरले पराजित गरेका हुन् ।

एमालेका उम्मेदवार कार्कीले १८ हजार ७३१ मत प्राप्त गर्दा गठबन्धन दलका उम्मेदवार पुष्पराज पोखरेलले ६ हजार ८० मतमात्र प्राप्त गरे । दुई उम्मेदवारले प्राप्त गरेको मत अन्तर १२ हजार ६५१ मत रहेको छ ।

नवनिर्वाचित प्रदेशसभा सदस्य कार्की निवर्तमान प्रदेशसभा सदस्य पनि हुन् । उनले २०७४ सालको आम निर्वाचनमा झापा २(१) बाट नेपाली कांग्रेसका उम्मेदवार, तत्कालीन जिल्ला सचिव लक्ष्मण खड्कालाई पनि भारी मतान्तरले पराजित गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here