गुल्मी २ बाट रामकुमारी झाँक्रीलाई हराउँदै गोकर्ण विष्ट निर्वाचित


७ मंसिर २०७९, बुधबार १४:०१ मा प्रकाशित

काठमाडौं । गुल्मी क्षेत्र नम्बर- २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट निर्वाचित भएका छन्।

उनले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई पराजित गर्दै २८ हजार ४७६ मतका साथ जित हासिल गरेका हुन्।

गठबन्धनकाे साथ पाएकी झाँक्री २६ हजार ४४२ मत पाएकी छन्।  तेस्रो पटक सांसद भएका विष्ट र झाँक्री कुनै समयका राजनीतिक सहयात्री हुन्।

विष्टले २ हजार ३४ मतको अग्रतासहित जित हात पारेका हुन्। उनले २०७० र २०७४ को चुनाव पनि जितेका थिए।

उनले यस क्षेत्रबाट २०५६ मा पनि चुनाव लडेका थिए। तर उनी माओवादीका चन्द्रबहादुर थापासँग पराजय भएका थिए।

विष्ट पूर्वऊर्जामन्त्री हुन् भने झाँक्री पूर्व सहरी विकासमन्त्री हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here