झापा । प्रतिनिधिसभा सदस्यतर्फ झापा निर्वाचन क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।
जारी मतगणनाको पछिल्लो परिणामानुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले ३२५ मत पाएका छन् ।
यहाँ नेकपा (एमाले)का उम्मेदवार एवं निवर्तमान सांसद लालप्रसाद साँवाले १९७, नेपाली कांग्रेसका उम्मेदवार तथा झापा जिल्ला पार्टी सभापति देउकुमार थेबेले ११५ मत पाएका छन् ।






