झापा २ मा एमालेका घिमिरेको अग्रता कायमै


५ मंसिर २०७९, सोमबार १२:४२ मा प्रकाशित

झापा । झापामा तीनवटा क्षेत्रमा मतगणना जारी छ ।

क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता कायम राखेका छन् ।

३८७७ मत गन्दा घिमिरेले १४३२ मत प्राप्त गरेका छन् । त्यसैगरि माओवादी केन्द्रका हरि रानाले ८४९ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ८०३ मत पाएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल उम्मेदवार रहेको क्षेत्र नं १ मा अहिलेसम्म मतगणना भएको छैन ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेसका नेता कृष्णप्रसाद सिटौला उम्मेदवार रहेको क्षेत्र नं ३ मा भने केही बेर अघिबाट मतगणना शुरु भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको उम्मेदवारी रहेको क्षेत्र नं ५ मा पनि मतगणना केहीबेर अघि शुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here