झापामा क्षेत्र नं २ मात्र शुरु भयो मतगणना, ३ र ५ मा केहीबेरमा शुरु हुँदै


५ मंसिर २०७९, सोमबार ०७:४४ मा प्रकाशित

झापा । झापाका पाँच वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म क्षेत्र नं २ मा मात्र मतगणना शुरु भएको छ ।

क्षेत्र नं ३ र ५ मा भने अहिले केहीबेरमा मतगणना शुरु हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले जानकारी दिनुभयो ।

क्षेत्र नं १ र ४ मा अहिले केहीबेरमा सर्वदलीय बैठक बसेर मात्र गणना शुरु हुने नेपालले बताउनुभयो ।

झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीका अनुसार क्षेत्र नं ३ मा राति सर्वदलीय बैठकमा अहिले बिहान ८ बजे मतगणना गर्ने सहमति भएको थियो ।

त्यसैगरि क्षेत्र नं ५ मा पनि गएराति सर्वदलीय बैठक बसेर अहिले बिहानदेखि मतगणना शुरु ज्ञवालीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here