७० प्रतिशत भन्दा बढी मत खस्छः प्रमुख निर्वाचन आयुक्त थपलिया


४ मंसिर २०७९, आईतवार १४:५७ मा प्रकाशित

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरेको बताउनुभएको छ ।

भक्तपुरको लोकन्थलीस्थीत मतदान केन्द्रमा मतदान पछि सञ्चारकर्मीसंग कुरा गर्दै उहाले निर्वाचनमा जनताको उत्साह देखिएकाले ७० प्रतिशत भन्दा बढि मत खस्ने अनुमान गरेको बताउनुभएको हो । उहाले देशैभर मतदान सुरु भइसकेको भन्दै विवेकताका साथ मताधिकार गर्न मतदातालाई आग्रह छ । उहाले सवै मतदातालाई मतदानमा सहभागी हुन अपिल गर्नुभयो । थपलियाले देशैभरको निर्वाचनको अनुमगन केन्द्रबाट भइरहेको जानकारी दिनुभयो ।

अहिलेसम्मको सुरक्षा व्यवस्था र व्यवस्थापकिय तयारीमा कुनै कमी कमजोरी हुन नदिइएको र शान्तिपूणर् रुपमा निर्वाचन सम्पन्न हुने उहाको विश्वास छ । उहाले मतदान गर्न केहि समय लागेकाले व्यवस्थापकिय कामलाई थप सहजिकरण गर्न निर्वाचन अधिकृतहरुलाई आग्रह गर्नुभयो ।

निर्वाचन सकिएलगतै मतपेटिका संकलन भएपछि मतगणना सुरु हुने उहाले बताउनुभयो । थपलियाले मंसिर २२ गतेसम्म निर्वाचनको सम्पूणर् काम सम्पन्न गर्ने दावी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here