मतदानपछि ओलीले भन्नुभयोः मंसिर १५ सम्ममा एमालेको नेतृत्वमा सरकार बन्छ


४ मंसिर २०७९, आईतवार १४:५२ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेको बहुमत आउने र मंसिर १५ सम्ममा एमालेको नेतृत्वमा सरकार बन्ने दावी गर्नुभएको छ ।

भक्तपुरस्थीत बालकोट निर्वाचन केन्द्रमा मतदानपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले निर्वाचनमा एमालेको बहुमत आउने र मंसिर १५ गतेसम्ममा सरकारको नेतृत्व गर्ने बताउनुभएको हो । उहाले एमालेको सरकार बनेपछि सहकार्य गरेका दलहरुलाई समेत सरकारमा ल्याउने जिकिर गर्नुभयो ।

ओलीले एमालेको बहुमत आउने देखेर नै बिभिन्न शक्तिहरु एमालेको बिरुद्धमा लागेको टिप्पणी गर्नुभयो । युवालाई भड्काउने र राजनीतिक दिशाविमुख गर्ने काम भएपनि जनताले सचेत भएर मतदान गर्ने उहाको भनाई छ ।

ओलीले निर्वाचन उत्साहपूर्व रुपमा भएको जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here