मतदान केन्द्रमा प्रत्यक्ष निर्वाचनका उम्मेदवारले मात्र प्रतिनिधि राख्न पाउने, दलले नपाउने


२ मंसिर २०७९, शुक्रबार १०:४९ मा प्रकाशित

काठमाडौं । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवारले मात्र प्रतिनिधि (एजेण्ट) राख्न पाउने भएका छन् । 

निर्वाचन आयोगले एक सूचना जारी गरी राजनीतिक दलको तर्फबाट प्रतिनिधि राख्न नपाउने जनाएको छ ।

यस अघि समानुपातिक तर्फ भाग लिएका राजनीति दलले पनि प्रतिनिधि राख्न पाउने व्यवस्था रहेको थियो । 

यस अघिको निर्देशिका संशोधन गरी निर्वाचन आयोगले यस्तो व्यवस्था गरेको हो ।

‘मतदान केन्द्रमा मतदान प्रतिनिधि राख्दा प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमका उम्मेदवारको तर्फबाट मात्र सम्बन्धित उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले मतदान प्रतिनिधि नियुक्त गरी राख्न सक्ने व्यवस्था गरेकोले सो बमोजिम गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ’, सूचनामा उल्लेख छ । 

 यो व्यवस्था अनुसार प्रतिनिधि सभा र प्रदेशमा समानुपातिक उम्मेदवारले प्रतिनिधि राख्न पाउने छैनन् ।

प्रत्यक्ष तर्फ उम्मेदवार नउठाउने राजनीतिक दलले निर्वाचनमा प्रतिनिधि राख्न पाउने छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here