मेचीनगर । झापा क्षेत्र नं. १ का उम्मेद्वार विश्वप्रकाश शर्माले जनताको एकमत पनि खेर नजाने गरी काम गर्ने बताउनुभएको छ ।
चुनावी घरदैलो अभियनका क्रममा सोमबार मेचीनगर–७ स्थित गोमनसरीमा आयोजित संक्षिप्त कोणसभालाई सम्बोधन गर्दै शर्माले जनताले ठूलोभन्दा पनि साना कुराको अपेक्षा गरेको बताउनुभयो । ‘जनताले स–साना कुराहरु खोजिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘त्यसैले हामी गर्न सक्ने कुरा मात्र गर्छौं, नसक्ने कुराको हामी सपना बाँड्न आएको छैनौं ।’
नेपाली काँग्रेसका महामन्त्रीसमेत रहनुभएका उम्मेद्वार शर्माले झापा क्षेत्र नं १ विकासलाई प्राथमिकतामा राखेर योजना बनाउने बताउनुभयो । उहाँले मेचीनगर–७ वडाको विकासका लागि पुल, सिचाई, रिङरोड बनाउने योजना विगतदेखि चल्दै आएको बताउनुभयो । ‘हिजो म हार्दै गर्दा पनि यो क्षेत्र रिङरोड बनाउने विषयमा पहल गरेकै हो,’ जितेर जाँदै गर्दा नगर्ने कुरै हुँदैन ।’