गठबन्धनसँग देश र पार्टी चलाउने कुनै उदेश्यनै नरहेको एमाले अध्यक्ष ओलीको भनाइ


२३ कार्तिक २०७९, बुधबार १६:२९ मा प्रकाशित

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरुसंग देश र पार्टी चलाउने कुनै उदेश्य नै नरहेको बताउनुभएको छ । बुधबार झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले जनताको अधिकार, देशको स्वाधिनता, बिकास लगाएतका एजेण्डा एमालेको रहेपनि अन्य दलहरुसंग कुनै एजेण्डा र उदेश्य नरहेको बताउनुभएको हो । ओलीले आगामी निर्वाचनमा एमाले बिजयी नभए देश बर्बादीमा जाने बताउनुभयो । ओलीले देश बनाउने अभियानमा एमालेमा आउन कांग्रेस, माओवादी लगाएतका दलका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । त्यस्तै उहाले नेकपा एकीकृत समाजवादी भन्ने पार्टी नै नरहेको र एमाले सिद्धाउने खेल भएकाले मंसिर ४ पछि खेल अन्त्य हुने तर्क गर्नुभयो । उहाले निर्वाचनमा उठेका स्वतन्त्र उम्मेदवारहरुले केहि गर्न नसक्ने जिकिर गर्नुभयो । उहाले निर्वाचनपछि बन्ने एमाले सरकारले जेष्ट नागरिक भत्ता समयानुकुल बढाउदै लैजाने बताउनुभयो । त्यस्तै ओलीले डोटीमा गएको भूकम्प पीडितको राहत उद्दार तथा पुननिर्माणको कामलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । ओलीले आगामी निर्वाचनमा गठबन्धनले जस्तोसुकै दुष्कर्ष पनि गर्न सक्ने भन्दै हिम्मतिलो भएर मतको रक्षा गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here