चिनियाँ भ्लगर ककपिटमै छिराएपछि क्याप्टेन विजय लामालाई उडानमा प्रतिबन्ध


२३ कार्तिक २०७९, बुधबार १४:०७ मा प्रकाशित

काठमाडौँ । उडिरहेको विमानको ककपिटमा यात्रुलाई प्रवेश दिएर गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामालाई उडानमा प्रतिबन्ध लगाइएको छ । नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले लामालाई गत आइतबारदेखि उडानमा प्रतिबन्ध लगाएको हो । केही समयअगाडि दुबईबाट काठमाडौँको लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी विमानको ककपिटभित्रै एक भ्लगरलाई प्रवेश दिएर क्याप्टेन लामाले गम्भीर सुरक्षा लापरबाही गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । चिनिया भ्लगर साम चुईले गत ५ नोभेम्बरमा आफ्नो भ्लग युट्युबमा प्रकाशन गरेपछि यात्रुलाई ककपिटमा प्रवेश दिएको र उडान कर्मचारीसँग भिडियो वार्ता गरेको जानकारी आएको थियो । तर त्यसका लागि अनुमति नै नलिइएको पाइएपछि यसले गम्भीर सुरक्षा चुनौती थपिएको भन्दै लामालाई तत्कालका लागि उडानमा प्रतिबन्ध लगाएर स्पष्टीकरण माग गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here