झापा । प्रदेश १ का वन, वातावरण तथा भू(संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । उनी ५६ वर्षका थिए । केही दिनअघि डेंगीबाट संक्रमित भएका मन्त्री थापाको बुधबार बिहान निधन भएको हो । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान साढे १० बजे निधन भएको अस्पतालका निर्देशक नारायण दाहालले जानकारी दिनुभयो । निर्वाचन आयोगले सो क्षेत्रमा मंसिर ४ मै निर्वाचन हुने गरी काम गर्ने तयारी गरेको छ ।
डेंगीबाट मोरङ ३ (१) का प्रदेशसभा उम्मेदवार थापाको निधन, सो क्षेत्रमा मंसिर ४ मै मतदान हुने
२३ कार्तिक २०७९, बुधबार १२:४२ मा प्रकाशित