काठमाण्डौ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको छ । चुनावका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्रको छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो । आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई प्रत्यक्ष निर्वाचनतर्फका मतपत्र छपाउन दिएको थियो। आयोगले केन्द्रलाई यही कात्तिक २० गतेसम्मको समयसीमा दिएकोमा दुई दिन अगावै मतपत्र छपाइको काम सकिएको हो । आज निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले केन्द्रको अवलोकन गर्नुभएको थियो ।
आवश्यक मतपत्र छपाइको काम सकियो
१८ कार्तिक २०७९, शुक्रबार १३:३५ मा प्रकाशित