प्रवासी नेपाली मञ्चको पहिलो अधिवेशन कार्तिकको १९ र २० गते काठमाडौंमा हुने


१६ कार्तिक २०७९, बुधबार १५:२५ मा प्रकाशित

झापा । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको पहिलो अधिवेशन कार्तिकको १९ र २० गते काठमाडौंमा हुने भएको छ । मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सवल प्रवासी : समृद्ध नेपाल सुखी नेपाली नाराका साथ अन्तराष्ट्रिय कमिटीको पहिलो अधिवेशन आयोजना गर्न लागिएको जानकारी दिएको हो । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ भने राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पेश हुने मञ्चका सचिव रमेश पाण्डेले जानकारी दिनुभयो । अधिवेशनमा ३५ देशबाट करिव ३ सय ५० जनाको सहभागीता रहने उहाले बताउनुभयो । अधिवेशनमार्फत नेपाली नागरिकताको निरन्तरता, विदेशमा बस्ने नेपालीहरुको मताधिकार, प्रवासमा आर्जन पुँजी ज्ञान प्रविधि, सीप लगाएतको नेपालमा आदान प्रदान लगाएतका बिषयमा छलफल हुने सचिव पाण्डेले जानकारी दिनुभयो । मञ्चले सन २०२२ मा आफ्नो बिधान जारी गरि आफ्ना गतिविधिहरु विश्वव्यापीरुपमा सञ्चालन गर्दै आएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here