झापा । बिहीबारबाट राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिता बमोजिम खुला रूपमा प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरेर मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कात्तिक १७ गतेबाट प्रचार शैली परिवर्तन गरेर गर्न पाउने बताएको हो ।‘मंसिरमा हुने निर्वाचनका लागि आयोगले दुई चरणको प्रचार शैली तय गरेकोमा एक पहिलो चरणको सकिएर बिहीबारबाट अर्को चरण सुरु हुनेछ’, प्रमुख आयुक्त दिनेश थपलियाले पत्रकार सम्मेलनमा जानकारी दिए, ‘बिहीबारबाट आचारसंहितामा तोकिए बमोजिम सबै राजनीतिक दल र उम्मेदवारहरूले आमसभा, भेला, कोणसभा, जुलुस लगायतमार्फत निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् ।’
बिहीबारबाट पार्टी र उम्मेदवारले आमसभा गर्न पाउने
१६ कार्तिक २०७९, बुधबार १५:२१ मा प्रकाशित