गस्ती जाँदा भिरबाट लडेर म्यादी प्रहरीको ज्यान गयो


१६ कार्तिक २०७९, बुधबार १४:२८ मा प्रकाशित

धादिङ – धादिङको त्रिपुरासुन्दरीमा नेपाल प्रहरीसँग गस्तीमा गएकी एक म्यादी प्रहरीको भिरबाट लडेर ज्यान गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ की २१ वर्षीया भवानी खकुराल मङ्गलवार प्रहरीसँगै गस्ती जाँदा भिरबाट लडेर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि न्युरो अस्पताल लगिएकोमा त्यहीँ नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here