एक जना मात्र यात्रु लिएर काठमाडौं-बिराटनगरको बुद्ध एयरको विमान उड्यो


१६ कार्तिक २०७९, बुधबार ०८:४५ मा प्रकाशित

काठमाडौं । बुद्ध एयरको विमान काठमाडौँबाट विराटनगरसम्म एक जना यात्रुलाई मात्र लिएर उडेको छ ।

मङ्गलवार साँझ ८ बजेको उडानमा एक जना मात्र यात्रु भएपछि उनैलाई लिएर विमान काठमाडौँबाट विराटनगर उडेको हो ।
उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक उम्मेदवार हुनुहुन्छ ।

पुरै विमानमा एकल यात्रा गरेका उद्धव पौडेलले आफूले रोमाञ्चक अनुभव गरेको बताउनु भएको छ ।

‘काठमाडौँबाट विराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडान मा म एकल यात्रु । रोमाञ्चक अनुभव, उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here