नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै


१५ कार्तिक २०७९, मंगलवार ०७:२९ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका एमालेले पार्टीको घोषणापत्र सार्वजनिक गर्न लागेको हो । दिउँसो १ः३० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

पार्टीको घोषणापत्र तयार गर्न पार्टी अध्यक्ष ओली आफैँ खट्नु भएको थियो । उहाँको नेतृत्वको टोलीले तयार गरेको घोषणापत्रलाई मंगलबार औपचारिक रूपमा सार्वजनिक गर्न लागिएको हो । घोषणापत्र बनाउनु अघि एमालेले विभिन्न क्षेत्रबाट सुझाव समेत लिएको थियो । ती सबै  सुझाव समेटेर घोषणापत्र तयार गरिएको छ ।

मङ्सिर ४ को निर्वाचनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । ती राजनीतिक दलका घोषणापत्रमा एमालेले गरेका सामाजिक सुरक्षा लगायतका कार्यक्रमलाई कुनै न कुनै रूपमा सकारात्मक रूपले स्वीकार गरिएको छ ।

एमालेले ल्याउने घोषणापत्रलाई सबैले चासोका साथ प्रतीक्षा गरिरहेका छन् । नेकपा एमालेले आफ्नो घोषणापत्र र कार्यक्रममा कुनै नै कुनै नयाँ विषय ल्याउने गर्दछ । जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत तरंग ल्याउने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here