काठमाडौ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ को नारायणी नदीमा सोमबार डुङ्गा पल्टँदा तीन जनाको ज्यान गएको छ ।
सुस्तास्थित नारायणी नदीको घोलमा साेमबार डुङ्गा पल्टँदा उनीहरूको ज्यान गएको हो । ज्यान गुमाउनेमा वनभोज खाएर फर्किँदै गरेका स्थानीय युवा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा सुस्ता –४ का २२ वर्षीय गुड्डु हरिजन, १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ता रहेका छन् ।
दुर्घटनामा डुबेका अन्य दुईको जीवितै उद्धार गरी उपचारको लागि भैरहवा पठाइएको छ ।





