मंसिर ४ काे चुनावपछि एमालेकाे सरकार बन्छः एमाले अध्यक्ष ओली


१४ कार्तिक २०७९, सोमबार १९:२८ मा प्रकाशित

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ काे चुनावपछि एमालेकाे सरकार बन्ने बताउनुभएकाे छ ।

गृह जिल्ला झापाकाे कमल गाउँपालिका-३ क्याम्पा बजारमा साेमबार आयाेजित आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ काे चुनावपछि एमालेकाे नेतृत्वमा बहुमतकाे सरकार बन्ने बताउनुभयाे ।

एमालेकाे बहुमतसहितकाे सरकार बनेपछि कसैले पनि त्यसलाई हल्लाउन नसक्ने उहाँले बताउनुभयाे ।

अध्यक्ष ओलीले भन्नुभयाे – ‘अब यसपल्ट नेकपा एमालेकाे नेतृत्वमा सुद‍ृढ बहुमतसहितकाे सरकार बन्नुपर्छ, तबमात्र देशकाे विकास पनि हुन्छ, रक्षा पनि हुन्छ, एमालेकाे सरकार साधारण आवश्यकता मात्र हाेइन अपरिहार्य छ,अनिवार्य छ, हामी यहाँ एमाले र राप्रपा मिलेका छाैं, जहाँजहाँ सहमति भएकाे छ त्यहाँ हामी मतदान गर्छाैं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here