भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा ९१ जनाको मृत्यु


१४ कार्तिक २०७९, सोमबार ०७:३५ मा प्रकाशित

अहमदाबाद । गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा कम्तीमा ९१ जनाको मृत्यु भएको छ । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो ।

ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ । यस विषयमा छानबिन गर्न विशेष टोली गठन गरिएको छ ।

अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त  झोलुङ्गे पुल आइतबार आज साँझ पौने ७ बजे छठ पूजाको सन्दर्भमा केही अनुष्ठान गर्न जम्मा भएका करिब ५०० मानिसहरु भेला भएका बेला भत्किएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here