भारतको गुजरातमा पुल भत्किँदा १ सय ३२ जनाको ज्यान गएको पुष्टि


१४ कार्तिक २०७९, सोमबार ०८:५० मा प्रकाशित

दिल्ली । भारतको गुजरातमा पुल भत्किँदा १ सय ३२ जनाको ज्यान गएको  पुष्टि भएको छ । त्यहाँको गृहमन्त्रालयले दुर्घटनामा १ सय ३२ जनाको ज्यान गएको पुष्टि गरेको हो ।

ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेसम्म १ सय ७० जनाको उद्धार गरिएको छ । मोरबीको मच्चु नदीमाथिको पुल भाचिँदा कयाैँ जना नदीमा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गुजरातका गृहमन्त्री हर्षसिंह साङ्घवीले अहिलेसम्म ६८ वटा शव भेटिएको बताउनुभएको  छ । उहाँका अनुसार घटनास्थलमा उद्धारकाे काम भइरहेको छ । पुल भत्किँदा नदीमा डुबेका कतिपय बेपत्ता छन् । पुल भत्किएका बेला त्यहाँ झण्डै चार सय जना रहेका अनुमान गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो पुल १ सय ४० वर्ष पुरानो मानिन्छ । मर्मतसम्भारका लागि ६ महिनासम्म बन्द गरिएको यो पुल गएको शुक्रवारदेखि मात्रै आवतजावतका लागि खोलिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here