अस्ताउँदो सूर्यको उपासना गरि छठ पर्व मनाइँदै


१३ कार्तिक २०७९, आईतवार १९:२० मा प्रकाशित

झापा । तराई तथा पहाडका नदी घाटमा आइतबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिइ छठ पर्व मनाइएको छ ।

ब्रतालुहरुले आइतबार साँझ ‘सझियाघाट’ मा अस्ताउँदो सूर्यको उपासना गरि छठ पर्व मनाएका छन् । ‘खरना’ विधि अन्तर्गत ‘रस्याउ रोटी’ अर्थात दूध र गुड हालेर पकाइएको खीर (रस्याउ) र रोटी/पुरी खाएका ब्रतालुहरु आइतबार दिन भरी निर्जल निराहार बसेर ब्रत लिएका छन् ।

आइतबार साँझ ब्रतालु तथा तिनका परिवारका सम्पूणर् सदस्यहरु घर नजिकको पोखरी, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक छठी घाटमा पुगेका थिए । नयाँनयाँ वस्त्र परिधान लगाएका ब्रतालुका परिवारका सदस्यले ब्रतालुको पूजा सामग्रीहरु राखिएको बाँसको छैंटी टाउकोमा बोकेर घाटसम्म लगेका थिए ।

छठ घाटमा ब्रतालुहरुले अस्ताउँदै गरेको सूर्यलाई बाँसको सुपुलीमा नरिबल लगायतका पूजा सामग्रीहरुको अर्घ्य दिएका थिए । त्यसपछि उनीहरु अहिले पूजा अर्चनामा तल्लीन छन् । केही ब्रतालु राति घर फर्केर आँगनमा कोसी भर्ने विधि गर्छन् । छठ ब्रत लिए ब्रतालुहरुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।

विशेष गरी चर्म रोगको निवारण र आफ्नो एवम् परिवारका सदस्यको सन्तान प्राप्तीको कामना गर्दै यो ब्रत लिने चलन छ । सोमबार बिहान उदाउँदो सूर्यको उपासना पछि प्रसाद खाएर मात्र उनीहरूले ब्रत तोड्ने छन् ।

झापाका नदी तलाउहरूमा पनि ब्रतालुहरूले आइतबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here