झापाका वरिष्ठ संगीतकर्मी फूर्बा योञ्जनको निधन


१२ कार्तिक २०७९, शनिबार ०७:५२ मा प्रकाशित

झापा । झापाका ख्यातिप्राप्त तबलाबादक फूर्बा योञ्जनको निधन भएको छ ।

लामो समय सांगीतिक क्षेत्रमा योगदान दिएका योञ्जनको शुक्रबार दिउँसो निधन भएको हो ।

दुवै मिर्गौला बिग्रेर थलिएका योञ्जनको शुक्रबार साँढे ३ बजे निधन भएको हो ।

बिर्तामोड ४ मा बस्दै आएका वरिष्ठ तबलावादक योञ्जनलाई बचाउन झापाका साहित्यकार, कलाकार, संगीतप्रेमीहरुले पहल गरेका थिए ।

योञ्जन साहित्य चौतारी बिर्तामोडद्वारा २०५९ सालमा सम्मानित भएका थिए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here