नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै


१२ कार्तिक २०७९, शनिबार ०८:२३ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको लागि तयार पारेको घोषणापत्र आज शनिबार सार्वजनिक गर्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा बिहान १० बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको हो ।

पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।

‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलगायतका विषयलाई प्राथमिकतामा राखेर कांग्रेसले घोषणापत्र तयार पारेको छ ।

घोषणापत्र मस्यौदा तयारी समितिका सदस्य गेजा शर्मा वाग्लेका अनुसार पार्टी सभापति देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरुको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिने छ ।

महामन्त्री शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो । घोषणापत्र अर्थविद् डा. स्वर्णिम वाग्ले नेतृत्वको मस्यौदा उपसमितिले तयार गरेको हो । कांग्रेसको घोषणापत्र तयारी समितिमा योजना आयोगका पूर्वउपाध्यक्ष डा.गोविन्द पोखरेल, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले, शंकर तिवारी, प्रताप पौडेललगायत हुनुहुन्छ ।

यसअघि यही कात्तिक ७ गते सार्वजनिक गर्ने भनिएको प्राविधिक कठिनाई भन्दै घोषणापत्र कार्यक्रम स्थगित गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here