चाडपर्व र इतिहासलाई संरक्षित गर्नुपर्छः एमाले अध्यक्ष ओली


१० कार्तिक २०७९, बिहीबार १३:५१ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरुको हातबाट भाइटीका लगाउनुभएको छ ।
बिहीवार भाइटीकाको अवसरमा शुभ साईतमा उहाँले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातभाटा भाइटीका लगाउनुभएको हो ।

ओलीले बालकोटामा भाईटीकाको शुभसाईत ११ बजेर ३७ मिनेटमा आफ्ना बहिनीहरुबाट भाईटीका ग्रहण गर्नुभयो । त्यस अवसरमा उनले बहिनीहरुले दिएका भाइमसला ग्रहण गर्दै बहिनीहरुलाई पनि सप्तरंगी टीका लगाई दिनुभएको थियो ।

यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा वास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाई तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदिबहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायुको कामना गर्ने गरिन्छ । टीका ग्रहणपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त प्रतिक्रियाका क्रममा अध्यक्ष ओलीले भाईटीकाले दिदिबहिनीहरुसँग मिल्ने अवसर जुटाएको बताउनु भयो ।

उहाँले हरेक चाडपर्वहरुको महत्व फरकफरक हुने भन्दै चाडपर्वहरुको संरक्षण र संवद्धर्न गर्न जरुरी रहेको बताउनु भयो । उहाँले हजारौँ वर्ष लगाएर संरक्षण गरिएका चाडपर्व र इतिहासहरुलाई सबै नेपालीहरुले संरक्षित गर्नु र संवद्र्धन गर्नु अहिलेको आवश्यक्ता भएको बताउनु भयो ।

उहाँले आजको समय किंवदन्तीको नभइ, तथ्य र तथ्यांकको भएकाले चाडपर्वमा रहेका कमजोर पक्षहरुलाई हटाउनुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here