काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाउनु भएन ।
भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन ।
भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजया दशमीको टीका पनि लगाउनु भएको थिएन ।





