काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कम्तीमा ५ वर्ष मतदातालाई धोका दिन नपाइने बताउनुभएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाले बुधबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा थापाले ५ वर्षको अवधिको साझा कार्यक्रम बनाएर गठबन्धनले जनतामाझ भोट मागेपछि कम्तीमा पाँच बर्ष जनतालाई धोका दिन नपाइने र मतको इज्जत राख्नुपर्ने बताउनुभएको हो ।
कसैको व्यक्तिगत स्वार्थ र महत्वकांक्षा पुरा भएन भनेर कुनै नेतालाई दायाबाया गर्ने छुट अव नेताहरुलाई नभएको उहाँको भनाइ छ । थापाले यसअघि पाँच बर्ष देशका लागि खेर भएकाले अव पाँच बर्ष खेर जान दिन नहुने जिकिर गर्नुभयो ।
उहाँले गठबन्धनको संघ र सातै प्रदेशमा जीत सुनिश्चित भइसकेको भन्दै निराश भएका जनतालाई काम गरेर देखाउनुपर्ने धारणा राख्नुभयो । अव पनि जनताका लागि काम गर्न नसके जनताहरु सडकमा उत्रने उहाँको भनाइ छ ।
थापाले यसअघि पाँच बर्षको म्याण्डेड पाएको दलले संविधान विपरितको काम गर्दा देश र संविधानलाई जोगाउनका लागि गठबन्धन बनेकाले यसलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।