नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा राष्ट्रपति भण्डारीको शुभकामना


९ कार्तिक २०७९, बुधबार ०९:१६ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले एक सन्देश जारी गर्दै राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने मौलिक राष्ट्रिय संवत् अवसरका अवसरमा शुभकामना दिनुभएको हो ।

यस संवत्‌को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ । यस दिनलाई नेपाल संवत्‌को नयाँ वर्षको रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानहरूमा भव्यताका साथ मनाउने गरिन्छ ।

लिच्छवीराजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवत्‌लाई प्रचलनमा ल्याएको मानिन्छ ।

राष्ट्रपति भण्डारीले नेपाली समाज सभ्य र सहिष्णु समाज हो‚ चाडपर्व र यस खालका असल परम्पराहरूले यसलाई थप सुदृढ बनाउँदै लगेको बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here