‘नो, नट अगेन’ नामको फेसबुक पेज तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन


९ कार्तिक २०७९, बुधबार ०८:१६ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले फेक फेसबुक पेज र ग्रुप हटाउन निर्देशन दिएको छ ।

“No, Not Again”, “NO NOT AGAIN” र “No. Not again” नामक पेज र ग्रुपबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूका विषयमा विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन भएको भन्दै आयोगको हटाउन भनेको हो ।

फेक फेसबुक पेज र ग्रुपहरू सिर्जना गरी नेताहरूविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०७३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ को दपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको देखिने ठहर आयोगले गरेको छ ।

उल्लेखित कसूर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयासम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुठा फेसबुक पेज र ग्रुपहरू तत्काल हटाई उप्रान्त यस किसिमको गतिविधि नगर्न भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here