मौसमः पश्चिमी वायुको सामान्य प्रभाव, केही स्थानमा हल्का बर्षाको संभावना


९ कार्तिक २०७९, बुधबार ०६:५६ मा प्रकाशित

काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।

बुधबार बिहान जारी मौसम बुलेटिनमा बुधबार प्रदेश नं १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने उल्लेख छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ। राति पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here