इन्डोनेसियामा शक्तिशाली भूकम्प, अस्ट्रेलियासम्म झट्का


९ असार २०७६, सोमबार १२:४९ मा प्रकाशित

सिएनएन । इन्डोनेसियाको तानिम्बार टापुमा सोमबार ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको झट्का उत्तरी अस्ट्रेलियासम्म महसुस भएको छ ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनमा २०८ किलोमिटर तल रहेको थियो । त्यहाँबाट ७२० किलोमिटर टाढा रहेको अस्ट्रेलियाको डार्विनका वासिन्दाहरुले समेत भूकम्पको कम्पन महसुस गरेका थिए ।

भूकम्पपछि सुनामीको खतरा नरहेको बताएको छ । सोमबार मात्र पपुपा टापु रहेको क्षेत्रमा ९ वटा भूकम्पका झट्का महसुस गरिएको थियो । आजको भूकम्प विश्वमै धेरै भूकम्प जाने ‘रिङ्ग अफ फायर’ क्षेत्रमा भएको हो ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार विश्वका ९० प्रतिशत भूकम्प यो क्षेत्रमा जाने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here